पाठेघरविहीन गाउँ, उखु काट्ने जागिरका लागि निकालिन्छ महिलाको पाठेघर

असार २३, २०७६ हालैका दिनमा कामकाजी महिला र महिनावरीसँग जोडिएका संवेशसील तथ्यहरू बाहिर आइरहेका छन्। भारतमा महिलाको महिनावारीलाई धर्मसंस्कृतिसँग जोडेर पनि हेर्ने गरिन्छ। अझै पनि महिनावारी भएका महिलाहरूलाई अपवित्र मानिन्छ। रुढीवादी परम्परा कायमै छ भने महिनावारी भएका महिलाहरूलाई सामाजिक तथा धार्मिक समारोहमा सहभागी हुन बर्जित छ। तर, पछिल्लो समय पुराना विचारमाथि लगातार चुनौती दिँदै आइएको छ। खासगरी शहरी क्षेत्रका शिक्षित महिलाहरूले यस्ता पुराना रुढीवादी विचारलाई चुनौती दिन थालेका हुन्। तरपनि भारतमा महिनावारीसँग जोडिएका समस्याहरू अझै पनि छन्। खासरी जो गरीब परिवारका छन्, अशिक्षित छन्। ठूलो संख्यामा ती महिलाहरूमाथि उनीहरूको स्वास्थ्य र जीवनमा लामो समयसम्म प्रभावपार्ने गरी दबाब दिने गरिन्छ। यस्तो दबाब उनीहरू शरीरसँग जोडिएको हुन्छ। महाराष्ट्रमा पछिल्लो तीन वर्षमा हजारौं महिलाको पाठेघर निकाल्नका लागि शल्यक्रिया गरिएको छ। उनीहरूले उखु खेतमा काम पाउनकै लागि शल्यक्रिया गर्नु परेको हो। अहिले सोलापुर, सांगली, उस्मानाबाद, बीन्डलगायतका जिल्लाका हजारौं गरीब परिवार त्यहाँबाट पलायन भएर राज्यको सम्पन्न क्षेत्र पश्चिमी इलाकामा जाने गर्दछन्। ६ महिनाका लागि काम पाइने भएकाले उनीहरूले कामकै लागि त्यहाँ जाने गरेका हुन्। त्यहाँ पुगेपछि उनीहरू ठेकेदारको कब्जामा पर्छन्। उनीहरूमाथि शोषण गर्न ठेकेदारले कुनै कसर बाँकी राख्दैनन्।
पीडित हुनेमा ३० वर्ष कम उमेरका महिला उखु काट्ने काम धेरै गाह्रो काम हो।
यो काम महिलाहरूलाई दिन ठेकेदारहरूले उदासीनता देखाउने गर्छन्। यसमा प्रमुख कारण हो। महिलाको महिनावारी, महिनावारी भएको समयमा महिला एक वा दुई दिन काममा आउँदैनन्। यसरी एक दिन पनि काम छुट्यो भने उनीहरूले उल्टै जरिवाना तिर्नुपर्छ। अर्कोतर्फ महिनावारी भएको समयमा उनीहरू खराब अवस्थाबाट गुज्रिनु पर्छ। खेत नजिकै बनाइएका झोपडी वा टेन्टमा उनीहरूका परिवार बस्ने गर्दछन्। जहाँ शौचालय हुँदैनन्। रातमा शौच गर्नुपर्ने बाध्यता रहन्छ। तर रातको समयमा पनि खेतमा काम हुने हुँदा उनीहरूको सुत्ने उठ्ने ठेगान पनि हुँदैन। जब महिलाहरू महिनावारी हुन्छन्, उनीहरूको दैनिकी झन् कठिन बन्छ। उनीहरू त्यो कठिनाइ झेल्न बाध्य छन्। महिनावारी भएको अवस्थामा सरसफाइको कमीका कारण महिलाहरूमा विभिन्न संक्रमण हुने गर्छ। उक्त इलाकामा काम गर्ने सामाजिक कार्यकर्ताका अनुसार महिलाहरू उपचारका लागि डाक्टर समक्ष जाँदा डाक्टरहरूले महिलालाई शल्यक्रिया गर्न भन्छन्। लाल्ची डाक्टरहरूले औषधिबाट निको हुने भए पनि महिलाहरूलाई पाठेघरको शल्यक्रियाका लागि सल्लाह दिने गरेका हुन्। उक्त इलाकाका महिलाको कम उमेरमै विवाह हुने गर्छ। उनीहरू २० देखि ३० वर्षको उमेरसम्म आइपुग्दा दुई–तीन बच्चाको आमा बनी सकेका हुन्छन्। यस्तो अवस्थामा डाक्टरहरूबाट पर्याप्त सल्लाहको अभावमा शल्यक्रिया नै पाठेघरको समस्याबाट छुटकारा पाउने अन्तिम विकल्प भएको महिलाहरूको बुझाइ हुन्छ। जसको परिणाम स्वरुप ती इलाकाका अधिकांश गाउँ 'पाठेघरविहिन महिलाको गाउँ'मा बदलिएका छन्। 

'पाठेघरविहिन महिलाको गाउँ'
गत महिना महाराष्ट्र विधानसभामा विधायक निलम गोरहेले यो विषयमा जिज्ञासा राखेपछि राज्यका स्वास्थ्यमन्त्री एकनाथ शिन्देले घटना स्वीकार गरे। उनले विगत तीन वर्षमा अन्त्यमा मात्रै ४ हजार ६ सय ५ महिलाको पाठेघर निकालिएको बताए। उनका अनुसार यो तथ्यांक उखु खेतमा काम गर्ने महिलाको मात्रै होइन। बीबीसीका अनुसार ८० प्रतिशत महिला खेतमा काम गर्नका लागि प्रत्येक वर्ष पलायन हुने गर्दछन्। उक्त गाउँका आधाजसो महिलको पाठेघर निकालिएको छ। जसमा अघिकांश ४० वर्षभन्दा कम उमेरका छन्। यसमा पनि ३० वर्षभन्दा कम उमेरका महिला पनि छन्। महिलाहरूले पाठेघरको शल्यक्रियापछि अन्य स्वास्थ्य समस्याको सामना गर्नु परेको छ। ढाड, घुडा, गर्धन दुख्ने समस्याबाट उनीहरू पीडित छन्। यस्तै हातखुट्टा सुन्नीने र केहीलाई रिंगाटा लाग्ने समस्या पनि देखा परेको छ। स्वास्थ्यमा समस्या आएपछि महिलाहरू खेतमा काम गर्न असमर्थ हुन्छन्।
महीनावारीमा दुखाइ कम गर्ने औषधि 
यस्तै अर्को गम्भीर समस्या तमिलनाडुमा रहेको छ। जहाँ अर्बौको कारोबार गर्ने गार्मेन्ट कम्पनीमा महिनावारीको समयमा महिलालाई विदा दिनुको सट्टा विना लेवलको पेन किलर दिने गरिन्छ। थोम्सन राइटर्स फाउन्डेशनको रिर्पोटअनुसार अनुभव नभएका स्वास्थ्यर्कीले यस्तो औषधि दिने गर्छन्। यहाँ काम गर्ने अधिकांश महिला गरीब परिवारका छन्। महिनावारीको समयमा पीडा भए पनि उनीहरू एक दिन पनि काम छोड्न सक्दैनन्। औषधि सेवन गरेर काम गर्दा स्वास्थ्यमा नै समस्या आउने गरेको उनीहरूले बताएका छन्। उक्त औषधि सेवनबाट हुने असर र साइड इफेक्टका बारेमा पनि कुनै जानकारी नगराइएको महिलाहरू बताउँछन्। औषधिको सेवनले स्वास्थ्य समस्या झेल्न बाध्यछन्। उनीहरूका अनुसार डिप्रेशन, पिसावमा समस्या, यहाँसम्म कि गर्भपतनको समेत हुने गरेको छ। गरिबीका कारण उनीहरू एक दिन पनि मजदुरी छाड्न सक्दैनन्। राष्ट्रिय महिला आयोगले महाराष्ट्रमा महिलामा देखिएको यो दर्दनाक समस्याको समाधानका लागि पहल गर्न भनेको छ। 
महिला मजदुरमा कमी 
महिलाका सवास्थ्य समस्याका बारेमा खबरहरू सार्वजनिक भएपछि तमिलनांडु सरकारले गार्मेट कम्पनीका कारदारको स्वास्थ्यका बारेमा निगरानी गर्ने जनाएको छ। लैंगिक विभेद अन्त्य गर्दै महिला मजदुरको संख्या बढाउन विश्वमा नयाँ नीति नियमहरू लागू हुँदै गर्दा भारतमा यस्तो समस्या बाहिर आएको हो। जसका कारण भारतमा जागिर गर्ने महिलाको संख्यामा कमी हुँदै गएको छ। तथ्यांकअनुसार जागिर मध्ये महिलाको संख्या सन् २००५–६ मा ३६ प्रतिशत रहेकोमा सन् २०१५–१६ मा यो घटेर २५.८ प्रतिशतमा झरेको छ। इन्डोनेशिया, जापान, दक्षिण कोरियामा केही निजी कम्पनीमा महिनावारी भएको समयमा महिलालाई एक दिन विदा दिने गरिन्छ। भारतमा पनि विहार सरकारले १९९२ देखि महिलालाई महिनामा दुई दिन साप्ताहिक विदाबाहेक विदा दिने गरेको छ।

Comments

Popular posts from this blog

मार्कसिटको अंकमा जीवनको अस्तित्व खोज्नेहरू

बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या