मार्कसिटको अंकमा जीवनको अस्तित्व खोज्नेहरू


आफ्नो छोराछोरीले गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्वल बनाउन् भन्ने हरेक आमाबुवाको सपना रहेको हुन्छ। यस्तै हरेक छोराछोरीको चाहना पनि यही हुन्छ कि राम्रोसँग पढी राम्रो जागिर खाएर आफ्नो जीवनशैलीसँगै घरपरिवारलाई खुसी साथ राख्ने। 

यही खुसियाली र सुखमय जीवन बिताउने सपना बोकी हर कोही आफ्नो जीवनयात्रामा अघि बढिरहेको छन्। 

संसारमा सायदै आमाबुवा होलान् जसलाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोस्। आफ्नो सन्तानको उज्वल भविष्यका लागि आफ्नो तर्फबाट गर्न सकिने लवाइ,खुवाइदेखि पढाइसम्मका हरेक कुरामा पूर्ति गर्न कुनै पनि कसुर बाँकी राखेका हुँदैनन्। 

अहिलेको यो २१ औं शताब्दी शिक्षा र प्रविधिको युग हो । वर्तमान समयमा शिक्षाबिनाको मानिस फूलबिनाको बगैंचासरह मानिन्छ। त्यसैले शिक्षाको महत्व बुझेर हर कोही व्यक्ति आफू शिक्षित हुन पढाइप्रति अग्रसर भइरहेका छन्। 

पढाउनु र पढ्नुपर्छ भनेर त यहाँ अधिकांशलाई थाहा छ , तर किन र केका लागि पढ्ने भनेर कमैलाई मात्र थाहा छ। नेपाली समाजमा धेरैजसो मानिसहरूले के बुझेका हुन्छन् भने पढ्नु भनेको केही कुरा सिकेर ज्ञान हासिल गर्नु भन्दा पनि परीक्षामा राम्रो अंक ल्याइ भविष्यमा जागिर खानका लागि हो। 

पढाइमा अब्बल हुनेहरूले मात्रै भविष्यमा उन्नति–प्रगति गरेर जीवन सुखमय तरिकाले बिताउन सक्छन्, तर पढाइमा कमजोर हुनेहरूले जीवनमा केही प्रगति गर्न सक्दैनन् भन्ने मनोभाव अधिकांश अभिभावक तथा विद्यार्थीहरूमा पनि रहेको हुन्छ। 

उनीहरूको यही नै सोच रहेको हुन्छ कि जसले परीक्षामा धेरै अंक ल्याउन सक्छ उसले मात्रै भावी जीवन सुखमय ढंगले बिताउन सक्छ। त्यसैले प्राय आमाबुवाले आफ्नो सन्तानले के सिक्यो भन्दा पनि परीक्षामा कति अंक ल्यायो भन्ने कुरासँग बढी मतलब राख्छन्। 

जब एउटा बच्चा स्कुल जान सुरू गरेको हुन्छ। त्यहीबाट नै उसलाई ज्ञानको महत्व भन्दा पनि परीक्षामा अंकको महत्व बढी हुन्छ भनी सिकाइन्छ। 

उसलाई यो सिकाइँदैन कि पढ्नु भनेको परीक्षामा धेरै नम्बर ल्याउन मात्र नभइ नजानेको कुरा सिक्न,बुझ्न,ज्ञान हासिल गर्नु इत्यादिका लागि हो। 

घरमा प्राय: अभिभावक तथा विद्यालयमा शिक्षकहरूबाट विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट अंक ल्याउने दबाब रहेको हुन्छ। अभिभावकहरूलाई उनीहरूको रुची र ज्ञानसँग नभइ परीक्षाको नम्बरसँग बढी मतलब हुन्छ। 

फलस्वरूप विद्यार्थीहरू पढेर होस् या नपढेर, बुझेर होस् या घोकेर, या चाहे चोरेर नै किन नहोस्, उनीहरू केवल अंक ल्याउनका लागि मात्रै पढ्छन्। 

उनीहरूलाई त बच्चैदेखि नै सिकाइएको हुन्छ कि जीवनको अस्तित्व त केवल मार्कसिटको अंकमा हुन्छ । जसकारण उनीहरू जीवनभर ज्ञानको भोको नभइ केवल नम्बरको मात्रै भोको हुन्छन्। स्कुल गएदेखि पढाइ सकुन्जेल सधैं नम्बरकै पछाडि दौडिन्छन्। राम्ररी बुझेर, सिकेर पढ्नेहरू त राम्रो नै भइहाले। घोकेर , चिट चोरेर ल्याएको अंकले स्कुलको परीक्षामा त पास होलान् तर जीवनको कुन चाहिँ परीक्षामा पास हुन सक्लान् उनीहरू? 

तर पनि ती जान्ने र नजान्ने अधिकांश केवल नम्बरकै लागिमात्रै पढिरहेका छन्। परिवार र समाजलाई देखाउनकै लागिमात्र भए पनि उनीहरूले परीक्षामा धेरै नम्बर ल्याउन कोशिस गर्छन् । यसो गर्नु कुनै पनि विद्यार्थीको रहर नभइ बाध्यता हुन्छ। 

मार्कसिटको अंकमा जीवन खोज्दा खोज्दै आफैं कहाँ हराइ जान्छन् पत्तै हुँदैन। स्कुलदेखि कलेजसम्म हरकोही परीक्षा धेरै नम्बर ल्याइ एक अर्कालाई जित्ने दौडमा लागिरहेका हुन्छन्। 

अनि यो नम्बरको पछाडि दौडने दौडले जीवनको कुन चाहीँ म्याराथन जित्छन् उनीहरूले ? 

नम्बरको पछाडि दौडदा दौडदै कतिपय मानिसहरूले त आफ्नो जीवन नै गुमाइरहेका हुन्छन्। जीन्दगीमा हजार बार पाइने नम्बरका लागि एकचोटीलाई मात्र पाइने जीवन लाखौंले गुमाइरहेका छन्। 

परीक्षामा फेल हुँदा आफ्नो जीवन त्याग्नेहरूको संख्या हाम्रो समाजमा हरदिन बढिरहेको छ। 

यसो गर्नु उनीहरूको रहर कदापी पनि होइन । समाज र परिवारको नजरमा तिरस्कृत र हेपिएर जिउनुभन्दा मृत्यु अगाल्न उनीहरू विवश हुन्छन्। आखिर बाँच्नका लागि जन्मेकाहरूलाई मर्न विवश बनाउने यो कस्तो खालको शिक्षा र संस्कार हो हाम्रो समाजको ? 

हो ठीक हो, पढाइ सुनौलो भविष्यलाई सुनिश्चित गर्ने मुख्य आधार हो। 

तर के पढाइमा कमजोर र असफल हुनेहरूले आफ्नो जीवन सुखमय ढंगले बिताउन नसक्ने हुन् र ? पढाइमा फेल हुनु भनेको जीवनमा फेल हुनु हो र ? पढ्न यहाँ धेरैले पढेका छन् । कोही बिए पास छन् त कोही एमए तर जीवनमा भने धेरै जसो फेल नै छन्। यसमा कुनै अभिभावक, विद्यार्थी र शिक्षकको मा

Comments

Popular posts from this blog

बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या

पाठेघरविहीन गाउँ, उखु काट्ने जागिरका लागि निकालिन्छ महिलाको पाठेघर