Posts

Showing posts with the label ब्लग

मार्कसिटको अंकमा जीवनको अस्तित्व खोज्नेहरू

Image
आफ्नो छोराछोरीले गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्वल बनाउन् भन्ने हरेक आमाबुवाको सपना रहेको हुन्छ। यस्तै हरेक छोराछोरीको चाहना पनि यही हुन्छ कि राम्रोसँग पढी राम्रो जागिर खाएर आफ्नो जीवनशैलीसँगै घरपरिवारलाई खुसी साथ राख्ने।  यही खुसियाली र सुखमय जीवन बिताउने सपना बोकी हर कोही आफ्नो जीवनयात्रामा अघि बढिरहेको छन्।  संसारमा सायदै आमाबुवा होलान् जसलाई आफ्नो सन्तानको भविष्यको चिन्ता नहोस्। आफ्नो सन्तानको उज्वल भविष्यका लागि आफ्नो तर्फबाट गर्न सकिने लवाइ,खुवाइदेखि पढाइसम्मका हरेक कुरामा पूर्ति गर्न कुनै पनि कसुर बाँकी राखेका हुँदैनन्।  अहिलेको यो २१ औं शताब्दी शिक्षा र प्रविधिको युग हो । वर्तमान समयमा शिक्षाबिनाको मानिस फूलबिनाको बगैंचासरह मानिन्छ। त्यसैले शिक्षाको महत्व बुझेर हर कोही व्यक्ति आफू शिक्षित हुन पढाइप्रति अग्रसर भइरहेका छन्।  पढाउनु र पढ्नुपर्छ भनेर त यहाँ अधिकांशलाई थाहा छ , तर किन र केका लागि पढ्ने भनेर कमैलाई मात्र थाहा छ। नेपाली समाजमा धेरैजसो मानिसहरूले के बुझेका हुन्छन् भने पढ्नु भनेको केही कुरा सिकेर ज्ञान हासिल गर्नु भन्दा पनि ...