Posts

Showing posts with the label समाज

बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या

Image
रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्। रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेका थिए। बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो। रामकिशोरले बालिकालाई आमासँगै सुतिरहेको बेला उठाएर लगी पोखरीको छेउमा लगेर नाकमुख थुनी हत्या गरेको प्रहरीलाई बताएका छन्। हत्या अनुसन्धानमा जुटेको प्रहरीले पक्राउ गरी शुक्रबार यादवलाई सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए। ' एक महिनाभित्र बिमितको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने सुनेको आधारमा आफूले छोरीको हत्या गरेको उनले स्वीकार गरेका छन् ,' खत्रीले भने। यादवलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको खत्रीले बताए। यसरी भयो हत्या १७ गत...